२०८१ माघ ५ गते शनिवार

पाठेघर सम्बन्धी बंगलाचुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



४ फागुन । महिलाहरुको पाठेघर खस्ने भिआईए समस्या पहिचानका लागि लोहारपानीमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ५ वडाध्यक्ष यनुराज खत्रीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएकोे हो ।

शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष वलीले गाउँपालिकाले पालिका क्षेत्रभित्रको स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्दै पालिका वासीलाई स्वास्थ्य सेवाको सहज पहुँचको स्थापना गर्दै आइरहेको बताउनुभयो । जसका पालिकालले स्थानीय, प्रदेश र संघीय सरकारसँग मात्रै नभई अन्य गैरसरकारी संघसंस्थाहरुसँगको सहकार्य गर्दै आइरहेको बताउनुभयो ।

बंगलाचुली गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले शिविरको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । शिविरमा करिव ४० जनाले सेवा लिएका हुन् । शिविरमा लोहारपानी स्वास्थ्यचौकीको व्यवस्थापन तथा प्राविधिक तथा आर्थिक सहयोग नेपाल रेडक्रस सोसाईटी दाङले गरेको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । यसैबीच बंगलाचुली गाउँपालिकामा स्थानीय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम समिक्षा, दिगोपन तथा सुनिश्चितता सम्वन्धी दुईदिने कार्यशाला गोष्ठी मंलगवारदेखि सुरु भएको छ । गाउँपालिका अध्यक्ष वलीको अध्यक्षतामा उक्त कार्यशाला गोष्ठी सुरु भएको हो । कार्यक्रमको उदटन गर्दै अध्यक्ष वलीले पोषणयुक्त खानपान र आनीबानीमा सुधार गर्न सके स्वास्थ रहन सकिने बताउनुभयो । सुआहारा नेपालको सहयोगमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्