
३ माघ, घोराही – मिटरब्याजीको नाक काटेको आरोपमा पक्राउ परेका नेकपा (बहुमत) दाङका सेक्रेटेरी अमर खड्का रिहा भएका छन् । १६ दिन पछि विहीबार उनी रिहा भएका हुन् । खड्का असोज २९ र मंसिर ६ गते उक्त पार्टीले मिटरब्याजीहरूलाई कालो मोसो दल्नुकासाथै नाक समेत काटेको थियो ।
मिटर ब्याजी धन्दा चलाई रहेको भन्दै धर्म बहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतसँगै दुर्गा पन्तलाई कारवाही गरेको थियो । प्रहरीले खड्कालाई अभद्र ब्यबहारको मुद्दा चलाएको थियो ।
पन्त र बस्नेत दम्पतीले मिटर ब्याज धन्दा चलाई अनावश्यक दुःख दिने गरेको, जाली तुमसुक बनाई पिडितका घर जग्गा आफ्नो नाममा लिने गरेको लगाएतका कारण कारबाही गरिएको उक्त पार्टी जनाएको थियो ।
प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार