३ माघ, घोराही-नेपाल मगर संघ घोराही नगरको आयोजनामा हुन लागेको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको तयारी ९० प्रतिशात सम्पन्न भएको छ । माघ ५ गते देखि ११ गते बाट सुरु हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बेद बहादुर बुढा मगरले जानकारी दिनुभयो । कार्यक्रम स्थलको घेरबार तथा मञ्च तयारी सकिएको र स्टल निर्माण काम पनि सम्पन्न भएको अध्यक्ष बुढाले बताउनुभयो ।
“मेलाको तयारी लगभग सकिएको छ । मञ्च तयारी, स्टल निर्माण सकिएको छ भने ९० प्रतिशात स्टल बुकिङ भइसकेको छ । बाकी स्टल बुकिङ भइ रहेको र अझै स्टल बुकिङ गर्न चाहनेले आयोजक संग सम्पर्क गर्न चहान्छु । ” उहाले भन्नुभयो । मेला उद्घाटनको लागि २ दिन बाकी रहेको र २ दिन भित्र सबै काम सकिने समितिका प्रचारप्रसार प्रमुख कैलाश रोका मगरले बताउनुभयो ।
मेलाको लागि पिङ तथा बाल उद्यान जस्ता खेल सामाग्री आउदै गरेको बताउदै रोकाले उद्घाटन अगावै सकिने बताउनुभयो । ७ दिन सम्म चल्ने मेलाको आम्दानी बाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकारका स्टल बाल उद्यान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोज समितिले जनाएको छ । नगर समितिले पहिलो पटक आयोजना गर्न लागेको मेला लाई सम्पुर्ण घोराही तथा दाङ वासीलाई भब्य रुपमा सफल पारिदिन अनुरोध समेत गरेको छ ।