२०८१ फाल्गुन ३ गते शनिवार

रोल्पाको राङ्सीमा दोस्रो साँस्कृतिक कार्यक्रम सम्पन्न



३ माघ, घोराही – रोल्पामा दोस्रो सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीमा रहेको प्रगतिशील टोल विकास संस्थाले माघि पर्वको अवसरमा साँस्कृतिकसँगै प्रतियोगितात्म कार्यक्रम सम्पन्न गरेको हो । “मौलिक कला र संस्कृतिको सम्मान, संरक्षण तथा प्रवद्धन प्रगतिशिल टालको अभियान” भन्ने मुलनारासहित आयोजना गरिएको २ दिने कार्यक्रममा निःशुल्क स्वास्थ्य चेकजाँज तथा परापर्श पनि प्रदान गरिएको थियो ।

फोटो: स्वास्थ्य शिविर

जिल्ला स्वास्थ्य कार्यलय रोल्पाको आर्थिक सहयोग र स्वास्थ्य चौकी राङ्सी र टोल विकास संस्थाको समन्वयमा संचालन गरेको स्वास्थ्य शिविरमा ४० वर्ष माथिका २ सय ४२ जनाले सुगर, प्रेसर तथा मृगौला सम्बन्धि निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन् ।
यस्तै, स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रममा पैसेरी नाँच, हाजिरी जवाफ, एकल, सामुहिक र आमा समुहबिच नृत्य प्रतियोगिता पनि संचालन गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सोही वडाका वडाध्यक्ष हरिप्रसाद बुढा मगरले आफ्नो मौलिक कला संस्कृतिको संरक्षणमा टोल विकास संस्थाले महत्वपुर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले कला संस्कृतिमा देखिएका विकृतीहरु हटाउदै यसरीनै नयाँपुस्ता अगाडि वढनुपर्ने बताउनुभयो ।  विकासका गतिविधिमा सधै सकृय बन्दै आएको आयोजक टोल संस्थालाई आगामी दिनमापनि स्थानिय सरकारको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष सुरेन्द्र वलिको अध्यक्षतामा भएको समापन कार्यक्रमको सहजिकरण सचिव दिपेन्द्र डाँगीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्