२०८१ मङ्सिर २४ गते सोमवार

दाङमा थप ४६ जनामा कोरोना पुष्टि



२ माघ,घोराही – दाङमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ८१ जनाको पिसीआर परिक्षण गर्दा ४६ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका ३७ जना, तुलसीपुरका ७ जना, राजपुर र दंगीशरणका एक एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

त्यस्तै जिल्लामा आज सक्रिय संक्रमितको संख्या ३ सय २३  जना रहेको छ । उनीहरुमध्ये ३ सय ४ जना घरमा, १८ जना सामान्य उपचारमा र १ जना आइसियू सहितको उपचारमा रहेको केन्द्रको भनाई छ ।।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्