३ माघ,घोराही ।
राप्ती नदिमा नुहाउने क्रममा तीन दिन अघि वेपत्ता भएका एक युवकको शव गोताखोरको टोलीले फेला परेको छ । राजपुर गाउँपालिका २ गैरागाउँ निवासी २४ बर्षिय प्रदिप चौधरी नुहाउने क्रममा माघ १ गते वेपत्ता हुनुभएको थियो ।
सशस्त्र प्रहरी बलको सम्शेरगञ्ज बाट आएको गोताखोरको टोलीले नदिमा शव डुबेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिनुभयो । माघीका दिन पिकनिक खान राप्ती नदि किनारमा गएको चौधरी सहित युवाहरु पौडि खेल्न गएका बेला उहाँ बेपत्ता हुनुभएको थियो ।।
प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार