३ माघ,घोराही।
दाङमा खाना पकाउने क्रममा जलेर गम्भिर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्युभएको छ । तुुलसीपुर उपमहानगरपालिका१० चैलाहीकी ५५ बर्षीया मिनकला खड्काको पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो ।
गएको पुस १० गते खाना पकाउने क्रममा लगाएको कपडामा आगो सल्के पछि खड्का गम्भिर घाईते हुनुभएको थियो । दुबै खुट्टा, ढाड लगाएतका विभिन्न भागमागम्भिर घाउ भएको थियो ।
उहाँलाई दाङ, बाँके हुँदै पाल्पासम्म उपचारका लागि लगिएको र गएराती उपचारकै क्रममा पाल्पामा मृत्युभएको परिवारले जनाएका छन् ।।
प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार