२०८२ बैशाख ९ गते सोमवार

प्रधानमन्त्रीले संसद विगघटन गरेर अस्थिरता निम्तियो : नेपाल



 

३ माघ,घोराही ।नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेर अस्थिरता निम्त्याएको टिप्पणि गर्नुभएको छ ।

प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले बहुमतप्राप्त सरकार हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको टिप्पणि गर्नुभएको हो ।

आधिकारिक नेकपा आफूहरु भएको दाबी गर्दै उहाँले ओली समूहलाई ‘ओली गुट’को संज्ञा दिनुभयो । अब ओलीको कदमविरुद्ध अन्य दलहरुसँग सहकार्य गरेर सशक्त आन्दोलन गर्ने भन्दै ओलीले त्यसको सामना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पुष्पकमल दाहाल इमान्दार र केपी शर्मा ओली विध्वंश मच्चाउने नेता भएको उहाँको भनाई छ । ओलीमा अहमता र तानाशाह प्रवृत्ति देखिएको र त्यो धेरै समय नटिक्ने समेत दाबी गर्नुभयो ।।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्