२९ मंसिर,घोराही – घोराही १९ को राम्चेमा रहेको कोईलाखानीमा च्यापिएर मृत्यु भएका मोहनलाल कामीको श्रीमतीको पनि मृत्यु भएको छ । श्रीमान्को मृत्यु भएको छोटो समयमै श्रीमतीको पनि एक्कासी मृत्यु भएको हो ।
११ महिना पहिले खानीमा च्यापिएर मृत्यु भएका मोहनलालकीे श्रीमती शान्तिको हिजो साझ मृत्यु भएको छ । एक्कासी बेहोस भएर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनको मृत्युसंगै परिवारको अवस्था झनै दुखदायी भएको छ ।
कामीका ११ महिने छोरी सहित ३ छोरी छन् भने दुई छोरा रहेका छन् । कान्छि छोरी ११ महिनाकी छिन् अरु ४ भाईना ११ वर्षदेखी १६ वर्ष उमेर पुगेका छन् ।
जन्मिएको १७ दिनमा बुवा गुमाएकी नानिले ११ महिनामा आमा गुमाएकी छिन् । उनको मृत्यु भएपछि पोष्टमार्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको वडा सदस्य जंग रोकाले जानकारी दिनुभएको छ ।।