२९ मंसिर.घोराही-
कर्णाली प्रदेश सरकारले छोरी सुरक्षाका लागि ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ ।
स्थानीय तहमा बैंकको पहुँच न्यून हुनु, भौगोलिक विकटता,जन्मेका छोरीहरूको खाता खोल्न आवश्यक कागजातसहित समयमै स्थानीय तहमा निवेदन नपुग्नु लगायत कारणले कर्णालीमा छोरी बचत खाता प्रभावकारी हुन नसकेको हो।
कर्णाली प्रदेश सरकारले निकै महत्वका साथ २०७६ साउन १ गते यो कार्यक्रम घोषणा गरेको थियो। कार्यविधिमा सुरुमा खाता खोल्दा एक हजार रूपैयाँ र त्यसपछि २० वर्षसम्म मासिक पाँच हजार रूपैयाँ छोरीको खातामा जम्मा गरिदिने उल्लेख छ ।
हालसम्म कर्णालीका ११ हजार ४१५ जना बालिकाको बैंक खातामा सात करोड ४३ लाख ८१ हजार ६०० रूपैयाँ जम्मा गरिएको छ । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये कार्यक्रम लागू भएका ६७ स्थानीय तहको मात्रै तथ्यांक हो।