२०८१ चैत्र ११ गते सोमवार

दाङमा संक्रमितको संख्या ३३ सय नाघ्यो, संक्रृय सक्रमित भने घट्दै



३० मंसिर।
दाङमा कोरोना भाइरसका संक्रमितको संख्या ३३ सय नाघेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म जिल्लामा ३ हजार ३ सय ११ जनामा कारोना भाईरसको संक्रमण पुष्टि भएको हो ।

दाङमा पछिल्लो समय कोरोना संक्रमित थपिने क्रम घट्दै गएको छ भने सक्रृय संक्रमितको संख्या पनि घट्दै गएको छ ।

दाङमा अहिले २ सय ३० जना सकृय संक्रमित छन् भने कुल संक्रमित मध्ये ३ हजार ३७ जना संक्रमण मुक्त भएका छन् । ति मध्य ३४ जना संस्थागत आइशोलेशनमा र १ सय ९६ जना घरमै बसेको कार्यालयका कोरोना फोकल पर्सन कलम चन्दले जानकारी दिनुभएको छ ।

जिल्लामा अहिले सम्म संक्रमण पुष्टि भएका मध्ये ४४ जनाको मृत्यु भएको छ । दाङमा अहिले सम्म २२ हजार ९ सय ४७ जनाको स्वाव परिक्षण गरिएको छ ।।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्