२९ कात्तिक,घोराही –
नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले भोली एक दिनका लागी नेपाल बन्दको आह्वान गरेको छ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेजीको माग गदै विप्लब समुहले भोली कात्तिक ३० गते देशभर नेपाल बन्द आह्वान गरेको हो ।
सरकारले जनता माथि निरन्तर थुपारेको महंगी र कालो बजारी तस्करीको भण्डाफोर गर्ने कार्यक्रम अन्र्तगत भोली नेपाल बन्दको आह्वान गरिएको नेकपा दाङले जनाएको छ । पाटीको केन्द्रिय कार्यक्रम अनुसार दाङमा पनि भोली बन्द हुने जिल्ला सेक्रटरी प्रदिप वलीले जानकारी दिनुभयो । उहाँका अनुसार भोली दाङ सहित देशभर बिहान ६ बजे देखि साझ ५ बजे सम्म सम्पुर्ण क्षेत्र बन्द हुनेछन् ।
तर उक्त समयमा अतिआबश्यक सेवा पानी बोक्ने गाडी , दूध बोक्ने गाडी, एम्बुलेम्स , प्रेस, कुटनितिक निकायहरु भने निर्वाध रुपमा चल्न पाउने उहाँले जानकारी दिनुभयो । उहाँले अत्यआवश्यक सेवा बाहेक अन्य सवै क्षेत्र बन्द हुने भएकाले बन्द सफल बनाउन सहयोग गर्न समेत उद्योगी ब्यबसायी,यातायात ब्यबसायी लगायत आम नागरिकमा अपिल गर्नुभएको छ ।
यस अघि आफुहरुले चरणबद्ध आन्दोलन गदै मुल्य बृद्धि फिर्ताको माग गरेपनि सरकारले कुनै सुनुवाई नगरेको हुँदा बाध्य भएर नेपाल बन्द गर्नुपरेको बताउनु भयो । उहाँले सरकार आफुहरुको माग गम्भिर नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।।