२९ कार्तिक, घोराही –
घोराही–तुलसीपुर सडकखण्डमा निर्माणाधीन फोरलेन सडक विस्तार आयोजनाको निर्माण कार्यमा भईरहेको ढिलासुस्तीप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनिय (क्रान्तिकारी) दाङले सरकारको ध्यानआकर्षण गराएको छ ।
सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण दिनानुदिन सडक दुर्घटनासँगै कयौं यात्रुले ज्यान समेत गइसकेको र यात्रुले दुर्घटनाको जोखिम मोल्दै धुलोहिलोको समेत सास्ती खेप्नु परिरहेकाले भन्दै सडक निर्माण तदारुकता दिन जिल्ला प्रशासन कार्यालयको ध्यानआकर्षण गराएको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाउदै निर्माणाधीन फोरलेन सडक विस्तार आयोजनाको काम तिव्रताका साथ अघि बढाउदै नागरिक आवागमनलाई सहजता बनाउन माग गरिएको संगठनका अध्यक्ष कल्याण अधिकारीले जानकारी दिनुुभयो ।।