२०८१ मङ्सिर २४ गते सोमवार

दाङमा विप्लब कार्यकर्ताहरुले आठ विघा धान खेतीमा श्रम लगानी गदै



२९ कात्तिक, दाङ –
नेत्रविक्रम चन्द (विप्लब) नेतृत्व नेपाल कम्युनिष्ट पाटी (नेकपांं) दाङ निकट संगठनले जिल्लाको आठ गिघाहा धान खेतीमा श्रम लगानी गरेको छ । नेकपा निकट उत्पादन बिभाग दाङ मार्फत जिल्लाका विभिन्न स्थानमा धान खेतीमा श्रम लगानी गदै आएको विभागका प्रमुख किरण डाँगीले जानकारी दिनुभयो ।

स्वरोजगार संगै किसान र जनतालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ जिल्लाको घोराही ९ स्थित ढिकपुर र तुलसीपुर १६ मानपुर डोक्रेना स्थित धानखेती गरेको उहाले जानकारी दिनुभयो । अहिले आफुहरु धान काट्ने र धल्याउने कार्यमा व्यस्त भएको उहाले बताउनुभयो । पाटी निकटका कार्यकर्ताहरुले समयको सदुपयोग गदै धानखेतीमा आफनो श्रम लगानी गरेको उहाले बताउनुभयो ।

पाटी केन्द्रिय कमिटिको निति अनुरुप आफुहरुले पनि दाङमा अहिले पाटीको श्रम,जनशक्ति र लगानी धानखेतीमा गदै आएको उहाले जानकारी दिनुभयो । जिल्लामा ३० बिघाहा जमिनमा कृषि खेती गर्ने लक्ष्य आफुहरुको रहेको उहाले जानकारी दिनुभयो । पाटीले सर्वहारा वर्ग र किसानहरुका मुद्धालाई अघि सारेर आन्दोलन गदै आएको बताउदै उहाले किसान बर्गहरुलाई सघाउ पुग्ने गरी पाटीको जनशक्ति कृषिमा परिचालन गरिएको बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्