काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।
घाइते ११ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि घरमा आगलागीसमेत भएको थियो, अहिले आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक रामकुमार घिमिरेले जानकारी दिनुभयो ।
ग्यास सिलिण्डर विस्फोटबाट वरपरका सात वटा घरका सिसा फुटेका र भित्ता चर्किएका पनि उहाँले जानकारी दिनुभयो ।
तस्बिर : उत्तमकुमार श्रेष्ठकाे फेसबुकबाट
प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार