२०८२ बैशाख १० गते मङ्गलवार

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते



३० भदौ,दाङ–
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन । बुधवार बेलुका ६ बजे लमही देखि लमही नगरपालिका वडा नम्बर ७ को कमानपुर जाँदै गरेको अवस्थामा गोरक्ष टोल नजिकै मोटरसाइकल अनियंत्रित भएर लडेको अवस्था अटो चालकले उठाएर लमही अस्पताल पुर्याएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

घाइते हुनेमा तुल्सिपुर उपमहानगर पालिका तुल्सिपुर बस्ने वर्ष २९ का प्रेम अधिकारी र बर्दिया मधुवन नगरपालिका ९ बस्ने वर्ष ३२ का उषा पुरी रहेका छन । घाइते पुरीको बसाई कमानपुर भएको बुझिएको छ भने अधिकारी सम्राट सिमेन्ट कमानपुरमा काम गर्दै आएका छन । घाइते अधिकारी र पुरी दुबैको अवस्था गम्भीर छ । उनिहरुलाई थप उपचारका लागि अन्यत्र लगिएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस्