३० भदौ,घोराही – कक्षा १२ को अन्तिम परीक्षा आज(बुधबार) देखि सुरु हुँदैछ। कोरोना संक्रमणका कारण स्थगित हुदै आएको कक्षा १२ को परिक्षा आज देखी भौतिक उपस्थितिमै परीक्षा हुन लागेको हो। दाङका साढे नौ हजार सहित देशभरबाट ३ लाख ७४ हजार विद्यार्थी परिक्षामा सहभागी हुँदैछन्। बोर्डका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ। यस वर्ष दाङका सामुदायिक ४२ र संस्थागत ३२ गरी ७४ वटा विद्यालयका नौ हजार छ सय ५१ जना विद्यार्थीहरु परिक्षामा सहभागी हुन लागेको राष्ट्रिय परिक्षा बोर्ड दाङले जनाएको छ ।
नौ हजार ३१ जना नियमित र छ सय २० जना आंशिकतर्फका विद्यार्थीहरुले परिक्षा दिन लागेको प्रमुख रामलाल खड्काले जानकारी दिनुभयो । यस पटक विद्यार्थीहरु अध्ययनरत विद्यालयबाट परिक्षा दिने व्यवस्था मिलाईएको छ । बोर्डका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ। यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो। तय भएको परीक्षा तालिका कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो।
सरकारले प्रवेशपत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ। गत वर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो।।