२०८१ माघ ४ गते शुक्रवार

दाङमा होटल व्यवसायबाट विस्थापित हुनेको क्रम रोकिएन



३१ साउन, घोराही –
कोरोना संक्रमणका कारण दाङमा होटल व्यवसायी विस्थापित हुने क्रम रोखिन सकेको छैन् । कोरोना माहामारी सुरुभएयता व्यवसायबाट विस्थापित हुनेको संख्या दुई सयभन्दा धेरै पुगेको दाङ देउखुरी होटल व्यवसायी समितिले जनाएको छ ।

कोरोनाको माहामारीका कारण मारमा परेको होटल व्यवसाय अझै पनि पुरानै अवस्थामा फर्किन नसकेको समितिको भनाई छ । होटल क्षेत्रको पूनउत्थानका लागि सरकारले राहत मूलक कार्यक्रम ल्याउनु पर्नेमा समेत व्यवसायीले माग गरेका छन् ।

निषेधाज्ञा खुकुलो भएसँगै केही चलायमान भएपनि होटल चलाउन निकै कठिनाई भएको उनिहरुको भनाई छ । साना होटल व्यवसायीहरुको अवस्थामा केही सुधार आएपनि ठुला होटल निकै मारमा परेका छन् । होटलमा आश्रित जनशक्ति निकै मारमा परेको र सरकारसँग राहतमुलक कार्यक्रम ल्याउन उनिहरुले माग गर्दै आएका छन् ।।

 

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्