२०८१ माघ ४ गते शुक्रवार

घोराहीमा सडक पेटीका व्यापारलाई तरकारी बजारमा लगिने



३१ साउन,घोराही –
घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा सडक अतिक्रमण गरि व्यापार गर्नेहरुलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । उपमहानगरको उपभोक्ता हित एवं बजार व्यवस्थापन समितिको आज बसेको बैठकले घोराहीका शहिद गेट, दामोदर चोक, नेपाल बैंक चोक लगायतका स्थानमा सडक पेटि नै ढाक्ने गरि बसीरहेका फलफुल तथा तरकारी व्यवसायीहरुलाई उपमहानगरले निर्माण गरेका तरकारी बजार भित्र लैजाने निर्णय गरेको हो ।

बैठकले चाडपर्वको समयमा बजार क्षेत्रमा हुन सक्ने आवत जावतलाई व्यवस्थीत गर्न सबै फुटपाथ खाली गराउने, सडक क्षेत्रमा राखिएका निर्माण सामग्री हटाउने, पार्किङका लागी छुट्टाइएको बाहेक अन्यत्र कुनै पनि सवारी साधन पार्किङ गर्न नदिने निर्णय गरेको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा उपभोक्ताहरुलाई सहुलियत प्रदान गर्न समेत व्यवसायीहरुलाई आग्रह गरेको छ । नियमित रुपमा हुदै आएको बजार अनुगमनलाई अझ प्रभावकारी र बिस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा उपभोग्य सामग्रीहरुको मुल्यमा एकरुपता ल्याउनु पर्ने, दर्ता नभएर सञ्चालित व्यवसायलाई अनिवार्यरुपमा सम्बन्धीत निकायमा दर्ता गर्न लगाउने, लगायतका विषयमा समिति सदस्यहरुले विभिन्न सुझाव दिएका थिए ।।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्