३१ साउन,घोराही –
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को छिल्लीकोट क्षेत्रमा लिफ्टिङ प्रविधिद्वारा पानी पु¥याइएको छ । समुद्री सतहदेखि पन्ध्र सय दश मिटर उचाइमा पानी पु¥याइएको हो ।
च्याम्बर, सोलार पम्पिङ, ट्याङ्की, मुख्य पाइप लाइनका सम्पूर्ण काम सम्पन्न भएको र गाउँमा वितरण लाइनको काम मात्रै बाँकी रहेको छिल्लीकोट खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष ओमप्रकाश पुन मगरले जानकारी दिनुभएको छ ।
अध्यक्ष पुनका अनुसार वर्षायाममा पाइप लाइन विस्तारको काममा समस्या हुने भएकाले मङ्सिर महिनाबाट शुरु भई चैत महिनाको अन्तिमसम्म यस क्षेत्रका सम्पूर्ण उपभोक्ताहरुको घरमा धारा पुग्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले छिल्लीकोट क्षेत्रमा लिफ्टिङ प्रविधिबाट पानी पु¥याउनका लागि दुई आर्थिक वर्षमा एक करोड १७ लाख बजेट विनियोजन गरेको थियो । छिल्लीकोट क्षेत्रमा फागुनदेखि जेठ महिनासम्म पानीको निकै अभाव झेल्नुपरेको स्थानीय पूर्णबहादुर पुन मगरको भनाई छ ।।