३१ असार, घोराही –
सोनापुर सिमेन्ट उद्योगका दुईवटा ट्रक चालकलाई कुट्ने ८ जना विरुद्ध प्रहरीले मुद्दा चलाएको छ । उनिहरुलाई सार्वजनिक नैतिकताका विरुद्धको कसुरमा मुद्धा चलाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सोनापुर सिमेन्टको रा१ख १०१९ नम्बरको ट्रकलाई जसपुरमा रोकेर चालकलाई कुटपिट गरेको आरोपमा तुलसीपुर ८ निबासी भुवन बस्नेत, सल्यान सारदा नगरपालिका १४ का राजु नेपाली, बबई गाउँपालिका ७ का डिल्ली डाँगी, दंगीशरण गाउँपालिका ७ का राजु वली र चौरजहारी नगरपालिका १४ का जीवन वलीलाई पक्राउ गरेर मुद्धा चलाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भारतबाट कच्चा पदार्थ लिएर सोनापुर सिमेन्टमा जाँदै गरेको ट्रक चालकलाई कुटपिट गरेर सिसा फोडिदिएको आरोपमा बेलझुण्डीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ११ निबासी बिशाल डाँगी, बालाराम राना र पदम वली रहेको प्रहरीको भनाई छ ।।