२०८१ माघ २६ गते शनिवार

करेन्ट लागेर दाङका एक युवाको मृत्यु



३१ असार,घोराही –
दाङको तुलसीपुरमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी मुकुन्दप्रसाद रिजालका अनुसार तुलसीपुर उपमहानगरपालिका ४ शिवशक्तिटोल निवासी ३३ वर्षीय मंगलसिह रावतको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरको पानी तान्ने मोटरले काम नगरेपछि ‘चेक’ गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारकालागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । उनको शवलाई राप्ती लाईफ केयर अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्