२०८१ भाद्र २९ गते शनिवार

दाङमा अझै सहज बनाउदै निषेधाज्ञा थप्ने तयारी



३१ असार,घोराही –
दाङमा निषेधाज्ञालाई थप खुकुलो बनाउदै अझै थप्ने तयारी गरिएको छ । पहिलेको तुलनामा वर्तमान समयमा कोरोना संक्रमणको दर घट्दै गएपनि संक्रमण कायमै रहेकाले जारी निषेधाज्ञालाई अझै थप्नुपर्ने जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनु भयो ।

उहाँले यस विषयमा थप निर्णय आज बस्ने जिल्ला स्तरिय कोरोना संकट व्यवस्थाप केन्द्रले लिने उहाँले बताउनुभयो । दाङ अहिले कोरोना नियन्त्रित अवस्थामा रहेको भन्दै हाम्रो जिवन प्रणालीलाई स्वास्थ्य मापदण्डको पालना गर्नतिर केन्द्रित गर्नुपर्ने उहाँले बताउनु भयो ।

साथै उहाँले बन्द हुने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । साउन १ देखि बन्द हुने चर्चा विभिन्न माध्यमबाट जानकारीमा आएकाले अहिले तत्काल बन्द नहुने स्पष्ट पार्नुभयो ।

अहिले दाङमा सकृय बिरामीको संख्या एक सय १३ जना रहेको छ । ती मध्ये घरमै ८८ जना, अक्सिजन सहितको उपचारमा १ जना र आईसियूमा ७ जना बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

कोरोनाको दास्रो लहर सुरुभएसँगै बैशाख यता ८ हजार २ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने २ सय ५ जनाको मृत्युभएको छ । साथै बैशाख यता कोरोना मुक्त हुनेको संख्या ७ हजार ९ सय जना पुगेको केन्द्रले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्