२०८१ माघ २६ गते शनिवार

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



१ असार, दाङ – कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। सभामुख राजबहादुर शाहीले मंगलबार सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो।

नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्दा सदनमा उपस्थित सांसदको संख्याको आधारमा बहुमत देखिएको भन्दै सभामुखले पारित भएको घोषणा गर्नुभएको छ ।

योसँगै प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ भने आजै दिउँसो चार बजे प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बजेट सार्वजनिक गर्नेहुुनुुभएको छ।।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्