२०८१ चैत्र १० गते आइतवार

सामान चोरी गरेको आरोपमा दाङका दुईजना पक्राउ



१ असार, दाङ – दाङमा पसलबाट सामान चोरी गरेको आरोपमा गएराति दुईजना पक्राउ परेका छन् । सवारीसाधन मर्मत गर्ने लमहीको एक ग्यारेज पसलबाट गाडिका पुरानो सामान (फलाम) चोरी गरेर लैजाने क्रममा दुईजनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको हो।

सोमबार राती पौने दुई बजे लमहीको अन्सारी मोटर पाट्सबाट सवारीसाधनका पुराना सामान ९फलाम० चोरी गरेर साईकलमा बाधेर लैजाने क्रममा देउखुरी उधोग वाणिज्य संघका चौकिदार र प्रहरीको सकृयता दुईजनालाई पक्राउ गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा रहेको हुनाले पक्राउ पर्नेहरूलाई तत्काल सार्वजनिक नगरेको प्रहरीको भनाइ छ । उनिहरू अहिले वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेका छन् । चोरी गर्ने एकजना सोही ग्यारेजमा कार्यरत कामदार रहेको बुझिएको छ ।।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्