१ असार,घोराही –
आज लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ् । आइतबार नीति तथा कार्यक्रम पास गरेको लुम्बिनी प्रदेश प्रदेश सरकारले ३८ अर्ब हाराहारीमा बजेट ल्याउँने तयारी गरेको छ । प्रदेश सरकार गठन भएपछिका तीन वटा बजेट ल्याइसकेका मुख्यमन्त्री शंकर पोखेरेलले आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याइँने जनाकारी दिनुुभएको छ ।
प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा.डा ईश्वर गौतमका अनुसार बजेट गत वर्षको भन्दा केही बढेर आउने छ । चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो ।
रोजगार सिर्जना लक्षित कृषि कार्यक्रम र सञ्चालनमा रहेका परियोजनाहरुलाई पूर्णता दिने गरि बजेट आउने गौतमले बताउनुुभयो । बजेट प्रस्तुत गर्न दिउसो तीन बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य प्रस्तुत गर्नुहुनेछ ।।