२०८१ जेष्ठ ३१ गते बिहिवार

दाङमा नदीमा डुबेर दुई दाजुभाइको मृत्यु



२ जेठ, दाङ- दाङकाे बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई दाजुभाइकाे मृत्यु भएकाे छ । बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा डुबेर बबई ५ का १८ बर्षीय दिपक परियार र १६ बर्षीय दिपेश परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले बताउनुभयो ।

दिपेशकाे घटना स्थलमै मृत्यु भएकाे हाे भने दिपकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृत दुई दाजुभाइ भारतबाट केहिदिन अघि फुपुकाे घर आएका थिए । उनिहरूकाे परिवार राेजगारीकाे शिलशिलामा भारतमा बस्दै आएकाे छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्