२०८१ जेष्ठ ३० गते बुधवार

सिमान्तकृत समुदायको सहभागिता साझा बिषय बन्न आबस्यक




२ वैशाख,घोराही – सरकार सञ्चालनको जिम्मेवारीमा सिमान्तकृत समुदायको सहभागितामा सञ्चार क्षेत्रले राजनीतिक दलहरुलाई खबरदारी गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले निष्कर्ष निकाले छ । स्थानीय तह निर्वाचनको सन्दर्भमा जागरण मिडिया सेन्टरले आज घोराहीमा पत्रकारहरु सँग अन्तरक्रिया गर्दै सिमान्तकृत समुदायहरुको प्रतिनिधीत्वलाई अर्थपूर्णरुपमा सहभागिता गराउन सञ्चार क्षेत्रले दलहरुलाई दवाब मूलक भूमिका खेल्नुपर्नेमा निष्कर्ष निकालेका हुन् ।

नेपालको संबिधानमा दलित महिला, खुल्ला महिला सदस्यमा स्थानीय तहमा सहभागिता सूनिश्चित भए पनि त्यसलाई अर्थपूर्ण बनाउन शसक्तिकरण एवं अबसरको सृजना गर्नुपर्नेमा उनिहरुको जोड रहेको थियो । कार्यक्रममा संबिधानसभा सदस्य एवं जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले संविधानमा सिमान्तकृत महिलाहरुको सूनिश्चितता गरेपछि अहिले ७ सय ५३ स्थानीय तहमा ६ हजार ५ सय ६७ जना दलित महिलाले सहभागिता जनाउन पाएको बताउनुभयो ।

कार्यक्रममा दलित महिला संघका अध्यक्ष युवा कराराले सिमान्तकृत समुदायको सरकार सञ्चालनमा सहभागिता गर्ने विषय सबैको साझा बन्न आबस्यक रहेको उल्लेख गर्नुभयो । दलित एवं महिलाहरुको हक अधिकारलाई मौलिक हक भित्रै राखेपनि यसको प्रभावकारी कार्यान्वयन नहुदा आफैमा चुनौती सृजना भएको उहाँको भनाई छ ।

कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीले सञ्चार माध्यम र संस्थाले व्यक्तिलाई भन्दा मुद्धालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कुनै व्यक्तिलाई बोरेर चर्चा गर्नुभन्दा सिद्धान्त र मुद्धालाई आधार बनाउनुपर्ने बताउनुभएको हो ।

नेपाल पत्रकार महासंघ दाङ र वल्र्डभ्यू नेपालको समन्वयमा गरिएको कार्यक्रमको सहजिकरण पत्रकार महासंघका सदस्य गिरीराज नेपालीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्