२०८० फाल्गुन ११ गते शुक्रवार

आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द



१ चैत, घोराही – सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ । लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्षपछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ ।

कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको विभागले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्