२०८१ असार ३ गते आइतवार

उपभोक्ता सधैँ मारमा, उपभोक्ता अधिकार व्यवहारमा लागू हुन सकेन



१ चैत, घोराही- आज विश्व उपभोक्ता अधिकार दिवस । उपभोक्ता हितका विषयमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९६२ को मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।

तर, हरेक वर्ष दिवस मनाइरहे पनि उपभोक्ताको पक्षमा प्रभावकारी काम हुन सकेको छैन । नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूत गरेको भए पनि ती अधिकार व्यवहारमा लागू हुन सकेको छैन ।

उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधैँ मारमा पर्ने गरेका छन् । उपभोक्ताले मूल्य तिरेअनुसारको सेवा, गुणस्तर पाउनुपर्ने अधिकार कुण्ठित हुँदै आएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्