२०८१ चैत्र ६ गते बुधवार

जनगणना २०७८ का लागि दाङमा ९ सय बढी जनशक्ति परिचालन गरिने



२ चैत्र,घोराही ।
राष्ट्रिय जनगणना २०७८ का लागि दाङमा ९ सय बढी जनशक्ति परिचालन गरिने भएको छ । जनगणनाको लागि सुपरिवेक्षक र गणक गरी ९ सय ६ जना परिचालन गरिने भएको हो । १ सय ६७ सुपरिवेक्षक र ७ सय ३९ जना गणक परिचालन हुने तथ्यांक कार्यालय दाङका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिनुभयो ।

१ जना गणकले २ सय ५० देखि ३ सय घरमा पुगेर तथ्यांक संकलन गर्नुपर्ने छ भने १ जना सुपरिवेक्षकको जिम्मामा ४ जना गणक रहने भएका छन् । सुपरिवेक्षकहरुले २०७८ साल बैशाख २६ देखि जेठ १४ गते सम्म घरपरिवार सुचिकरण गर्नेछन् ।

यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । अघिल्ला वर्षहरुमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति भर्ना गर्न थालिएको छ । शिक्षकहरुलाइ खटाउदा पढाईमा समस्या पर्ने भएकोले सरकारले करारमा जनशक्ति लिन थालेको हो ।

कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम, थर, जाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाई सराई लगाएतका विवरणहरू संकलन गरिने भएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्