२०८२ बैशाख १८ गते बुधवार

ट्रक र जीप ठोक्किँदा एकजनाको मृत्यु



२ चैत्र । चितवनको राप्ती नगरपालिका–३ मार्तलपुलमा ट्रक र बोलेरो जीप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

ना ८ ख १४२० नम्बरको ट्रक र बा १८ च १३७१ नम्बरको बोलेरो जीप सोमबार बिहान एकापसमा ठक्कर खाँदा ट्रक सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक धादिङ धुसा गाउँपालिका–१ का २६ वर्षीय महेश फुँयालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्रकका सहचालक तनहुँ बन्दिपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्