२०८१ चैत्र ११ गते सोमवार

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर मेयर घाइते



३ फागुन, काठमाडौं– पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।  भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो।

उनको उपचारका लागि अस्पताल लगिएको छ ।  चोट सामान्य रहेको बताइएको छ । कार्यक्रममा उपस्थित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । अर्थमन्त्री पौडेल पनि सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्