२०८१ मङ्सिर २४ गते सोमवार

घोराही १ माले सल्लीकोटमा खानेपानीको चरम अभाव



३ फागुन,घोराही – घोराही उपमहानगरपालिका वडा नम्बर १ माले सल्लीकोटका स्थानीयले खानेपानीको झेल्दै आएका छन् । वर्षायाममा आकाशेपानी संकलन गरेर, खोलाको धमिलो पानी खाएर भएपनि जीवन गुजारा गर्दै आएका सो ठाउँका स्थानीय हिउँद र गर्मीयाममा पानी अभावमा काकाकुल बन्ने गरेका छन् । ५ वर्षअघि घोराही उपमहानगरपालिका वडा नम्बर १ र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा सोलार प्रणालीबाट लिफ्टमार्फत तल डाहीचिरा भन्ने स्थानबाट पानी ल्याएर केही महिना उपभोग गरेपनि अहिले फेरि अवस्था पुरानै लयमा फर्किएको स्थानीयको भनाई छ ।

पानी अभावमा अहिले आफुहरुले विभिन्न खालका समस्या भोग्न बाध्य भएको माले सल्लीकोट टोल विकास संस्थाका अध्यक्ष विजय तिवारीले बताउनुुभयो । सरकारले सुरक्षित खानेपानी सहज रुपमा सबै नागरिकलाई पुुर्याउने भाषण गरेपनि आफुहरु पानीकै लागि संघर्षरत रहेको मालती पुनले बताउनुुभयो । हिजोआज पानीको संकट गहिरिँदै गएकाले एक गाग्री पानी लिएर घरमा आउँदा २ घण्टा लाग्ने गरेको गिता तिवारीको भनाई छ । पानी नभएकै कारण माले सल्लीकोटका बासिन्दाले चर्पीसमेत प्रयोग गर्न सकेका छैनन् ।

घरमा चर्पी बनाए पनि गाउँभरको चर्पी शुरुवातबाटै प्रयोगमा ल्याउन नसकेको बागबीर वलीले बताउनुुभयो । खानेपानीकै समस्या भएको अवस्थामा सरसफाईका लागि थप पानी संकलन गर्न सम्भव नभएपछि आफुहरु खुला ठाउँमै दिसापिसा वगर्न बाध्य भएको दिलमाया पुनको भनाई छ । बालबालिकाको सरसफाई तथा अन्य प्रयोजनका लागि पानी अभाव टार्न २ घण्टा लगाएर खोलामा जानुुपर्ने बाध्यता रहेको उनीहरुको दुुखेसो छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्