३ फागुन,काठमाडौं-सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक केही बेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्तापछि उत्पन्न राजनीतिक घटनाक्रम, एमसिसी सदनमा टेबुल गर्नेरनगर्ने र स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बसिरहेको हो ।
भोलि प्रतिनिधिसभा बैठक पनि बस्दैछ । त्यसअघि, कांग्रेसको संसदीय दलको बैठक बसिरहेको हो ।
प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार