२०८१ माघ ४ गते शुक्रवार

विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै



३ माघ,घोराही –
विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै गएको छ । गत २४ घण्टामा १४ लाख ३७ नयाँ संक्रमित थपिँदा २५ लाख ४९ हजार निको भएका छन् ।

योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । अहिले विश्वभर ७ करोड २४ लाख सक्रिय संक्रमित रहेकामा ८५ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ ।

अहिलेसम्म विश्वभर ४१ करोड ३७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३३ करोड ५५ लाख निको भएका छन् भने ५८ लाख ५३ हजारको मृत्यु भएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्