२०८१ मङ्सिर १६ गते आइतवार

आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरू गर्ने तयारी



३ माघ,घोराही -सरकारले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरू गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चैतभरी पढाइ हुने तथा वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने तयारी भईरहेको छ ।

गत वर्षको शैक्षिक सत्र कोरोना महामारीका कारण दुई महिना पछि धकेलिएको थियो ।

जसका कारण पाठ्यक्रम अनुसार पढाइ हुन नसकेकाले समस्या भएको भन्दै यस पटक निर्धारित समयमा नै शैक्षिक सत्र सुरू गर्ने तयारी गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो ।

बैशाखमै नतिजा प्रकाशन, पुस्तक वितरण र तत्काल पठनपाठन सुरु गर्ने हिसाबले विद्यालयहरूलाइ तयारी गर्न आग्रह गर्ने पनि उहाँले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्