२०८१ माघ ४ गते शुक्रवार

नेकपाले जनमतको अबमूल्यन गर्‍यो : कोइराला



३ फागुन,घोराही ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले जनमतको अबमूल्यन गरेको टिप्पणि गर्नुभएको छ ।

संसद विघटन विरुद्ध नेपाली कांग्रेस दाङले आज घोराहीमा आयोजना गरेको विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संसद विघटन जनमत विपरित भएको टिप्पणि गर्नुभएको हो ।

आर्थिक, सामाजिक, भौतिक विकास सँगै सुशासन कायममा ध्यान दिने भन्दा पनि सरकार अपराध, महंगी, भ्रष्टाचार र अनियमितताको संरक्षणमा लागेको उहाँको आरोप छ ।

नेकपाका नेताहरुले पद लोलुपताको स्वार्थमा आफुहरुलाई केन्द्रित गराउदा संसद बिघटन सम्मको असंबैधानीक काम भएको भन्दै उहाँले यसको बिरुद्धमा थप शसक्त आवाज उठाउन समेत आह्वान गर्नुभयो ।

महामन्त्री कोइरालाले अब पार्टीलाई एक ढिक्का बनाउने र जनताको माझमा कसरी टिक्ने भन्ने मुद्धालाई पनि प्राथमिकताका साथ उठाउनु पर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस दाङका सभापती किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दीपक गिरीले आगामी बैशाखमा मध्याबधी निर्वाचन हुन्छ भन्नु जनतालाई झुक्याउने खेल मात्रै भएको बताउनुभयो ।

जनमत अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउदै उहाँले आफुहरु सदैब संविधानको रक्षक बनेर जनता माझमा रहेको समेत जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्ने कांग्रेसका अन्य नेताहरुले सरकारले चालेको कमद असंबैधानीक भएको र कुनै पनि हालतमा जनप्रतिनिधीको संस्था संसद पुर्नस्थापित हुने पर्ने माग गरेका छन् । तुलसीपुर चोकमा आयोजित सभा पूर्ब जिल्लाका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरुले पार्टी कार्यालयबाट ¥याली निकाली घोराही बजारमा विरोध प्रर्दशन गरेका थिए ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्