२०८१ माघ ७ गते सोमवार

झापामा दुई युवकले गरे अर्का एक पुरुषलाई बलात्कार!



३ माघ,झापा ।

झापामा शनिबार दुई पुरुषबाट अर्का एक पुरुषमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । रातिको समयमा पीडित पुरुष कनकाई नगरपालिका–७ स्थित बिरीङ नदीको नजिकै हिडिरहेको अवस्थामा बलात्कृत भएको झापा प्रहरीले जनाएको छ ।

राति ७ बजेतिर दुई युवक मिलेर जबरजस्ति अप्राकृतिक यौन सम्पर्क गरेको पीडितले बताएका छन् । बलात्कारमा परेका युवक गम्भीर घाइते भएको र उनको हाल विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न दुवै युवकलाई प्रहरीले अनुशन्धान गरिरहेको बताइएको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुरहेका छन् ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्