२०८१ माघ ५ गते शनिवार

दाङमा यात्रालाई सुरक्षित बनाउन ‘सेफ्टी पिन’ कार्यक्रम



२ माघ,घोराही ।
दाङमा प्रहरीले सार्वजनिक यातायातलाई सुरक्षित र महिला मैत्री बनाउन ‘सेफ्टी पिन’ कार्यक्रम सञ्चालन गरेको छ । जस अन्तरगत प्रहरीले सार्वजनिक यातायातका साधनमा सादा पोशाकका प्रहरी परिचालन गरि सुरक्षित यात्रा र महिला मैत्री बनाउन उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

यात्राका क्रममा महिला माथी हुने कुनै पनि दुव्र्यबहारलाई रोक्न प्रहरीले यातायात व्यवसायीहरु सँगको समन्वयमा सादा पोशाकमा प्रहरी परिचालन गरेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभएको छ ।

बसहरुमा महिला तथा बालबालिका माथी हुने विभिन्न खाले यौनजन्य दुव्र्यबहारलाई रोक्न पुस २६ गते उक्त ‘सेफ्टी पिन’ कार्यक्रम सञ्चालन गरेको एसपी चन्दको भनाई छ ।

जिल्लाभर १२ जना प्रहरीलाई सादा पोशाकका परिचालन गरेको र उनिहरुलाई बस समितिले पासको व्यवस्था गरिदिएका छन् । यसैविच यात्रु महिला माथी दुव्र्यबहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाएको छ ।

घोराही तुलसीपुर सडक खण्डमा चल्ने बसमा यात्रारत महिला माथी दुव्र्यबहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको र परिवारको उपस्थितीमा सम्झाई बुझाई छाडिएको एसपी चन्दले जानकारी दिनुभयो ।

यात्रामा यौनजन्य दुव्र्यबहार गर्ने, गालीगलौज गर्ने, अश्लिल हर्कत गर्ने, पाकेटमार्ने जस्ता अपराधिक कार्यहरु हुने गरेको गुनासो बढे पछि यात्रालाई सुरक्षित र महिला मैत्री बनाउन ‘सेफ्टी पिन’ कार्यक्रम सञ्चालन गरिएको अपराध अनुसन्धान शाखा इन्चार्ज प्रहरी निरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्