२ माघ,सल्यान ।
सल्यान कपुरकोटमा आयोजित एक कार्यक्रमका सहभागीहरुले भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा सामूहिक प्रतिबद्धता जनाएका छन् । २३ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा कपुरकोट गाउँपालिकाले शुक्रबार आयोजना गरेको भुकम्प सुरक्षा सचेतना कार्यक्रमका सहभागीहरुले सामुहिक प्रतिबद्धता जनाएका हुन् ।
भूकम्पीय जोखिमबाट सुरक्षित हुने उपायहरु सिक्ने साथै परिवारका सबै सदस्यहरुलाई पनि सिकाउने, अव बनाउने घर भूकम्प प्रतिरोधी बनाउने, अहिले भैरहेको घरलाई भूकम्पीय प्रबलीकरण गर्ने र आफ्नो समुदायमा भूकम्पीय जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना अभिवृद्धिमा लाग्ने प्रतिबद्धातामा सहभागीहरुले हस्ताक्षर गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले भुकम्प सुरक्षाका बारेमा तल्लो तहका नागरिक सम्म चेतना फैलाउन जरुरी रहेको बताए । उनले भने, ‘भूकम्पले नभई हाम्रा कमजोर संरचनाले जनधनको क्षति गर्ने गर्छन् । तसर्थ, घर, सभागृह, मन्दिर, विद्यालयलगायत मानवनिर्मित संरचना भूकम्पप्रतिरोधी तथा बलियो बनाउन अत्यावश्यक छ ।’
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, वडा अध्यक्षहरुको तर्फबाट वडा नं १ का वडा अध्यक्ष बालाराम खड्का, कपुरकोेट वहुमुखी क्याम्पसका प्रमुख रुपलाल यरी, नेरामावि किमुचौरका प्रधानाध्यापक सिट्टीसाप विष्ट, कालिका माविका प्रअ चुडामणी केसी, उद्योगा वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती, निर्माण ब्यवशायीको तर्फबाट रुरपक बुढा लगाएतले मन्तव्य राख्दै भूकम्प लगायतका विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
मुलुकमा विभिन्न समयमा आएका भूकम्प र यसले पु¥याएको क्षतिको सम्झना तथा सुरक्षाका उपायहरुमाथि छलफल र बहस गर्दै हरेक वर्षको माघ २ गते यो दिवस मनाउने गरिएको छ । ‘बुहप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराको साथ कपुरकोटमा पनि यो दिवस मनाइएको हो । विसं १९९० माघ २ गते गएको त्रासदीपूर्ण महाभूकम्पको सम्झनामा वर्षेनी माघ २ मा भूकम्प दिवस मनाउने गरिको हो ।
कार्यक्रममा वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु, स्थानीय राजनििितक दलका प्रतिनिधी, उद्योगी, ब्यवशायी, बजार ब्यवस्थापन समिति, नागरिक समाज, शिक्षक, सुरक्षाकर्मी, कृषि उपज बजार केन्द्र लगाएतका क्षेत्रबाट सहभागीता थियो ।