२८ मंसिर,घोराही –
घोराही उपमहानगरपालिका १४ राप्ती टोलमा रहेको कल्पु धर्मशालामा उत्पन्न विवाद समाधान गरी कानूनी रुपमा संचालन गर्ने गरी प्रकृया अघि बढाउन समिति गठन गरिएको छ ।
घोराही १४ को आयोजनामा भएको सर्वदलीय, सर्वपक्षीय भेलाले दामोदर अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कल्पु धर्मशाला व्यवस्थापन तथा विधान निर्माण समिति गठन गरेको छ । जसको उपाध्यक्षमा गणेश गुप्ता, सचिवमा सचिव बसन्त गुप्ता, सहसचिवमा टेकबहादुर बुढाथोकी, कोषाध्यक्ष दिलकुमारी बुढा रहनुभएको छ ।
सदस्यहरुमा लुमाकान्त कवँर, भीमकुमारी पुन, फुलमान चौधरी र अर्जुन गिरी रहनुभएको छ । लामो समयसम्म कशौधन विरादरी समाजले धर्मशालाको जिम्मेवारी सम्हाल्दै आएकोमा केही समययता अरु समुदायले पनि आफ्नो अस्तित्व खोज्न थालेपछि विवाद चुलिएको थियो । समाजले धर्मशालामै कार्यालय खोलेर सबै काम गर्न थालेपछि गएको असोज १४ गतेबाट धर्मसालामा तालाबन्दी गरिएको छ ।।