२०८१ मङ्सिर २४ गते सोमवार

रोल्पाबाट रुकुम जाँदै गरेको ट्याक्टर सल्यानमा दुर्घटना, चालकको मृत्यु



२८ मंसिर,घोराही –
रोल्पाबाट रुकुम जाँदै गरेको ट्याक्टर सल्यानमा दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । रोल्पा गंगादेव गाउँपालिका डल्सिङ्गेबाट रुकुम झुल्नेटातर्फ जाँदै गरेको रा १ त १६९८ नम्बरको ट्याक्टर सल्यान बागचौर नगरपालिका १२ धुराखर्कमा आज दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते भएका गंगादेव गाउँपालिका ४ गैरानेटाका ४८ वर्षीय चालक गंज बहादुर डाँगीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्