२९ मंसिर ।
नेपाली काँग्रेस रुकुम पश्चिमले सरकारका गतिविधि विरुद्ध सडकबाटै विरोध प्रदर्शन गरेको छ । अहिलेको दुईतिहाईको कम्युनिष्टको सरकारकै पालामा देशमा विभिन्न किसिमका हत्या, हिंसा, बलत्कार, जग्गा प्रकरण, घुसखोरी भष्ट्राचार, सरकारमा विवाद लगायतका काण्डहरु घट्न थालेकाले सोमबार देशैभर विरोध गर्ने कार्यक्रम अन्तरगत नेपाली काँग्रेसले बाजुराले पनि विरोध गरेको। छ ।
साथै तनहुँको व्यास नगरपालिका अन्तगतको बुल्दी पुल उद्घाटन गर्न गएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौड्याललाई बिना कारण प्रहरी परिचालन गर्ने कम्युनिष्टको सरकारको विरुद्ध नेपाली काँग्रेसले सडकबाटै विरोध पर्दशन गरेको नेपाली काँग्रेस रुकुम पश्चिमका सभापती प्रेम प्रकाश ओलिले बताएका छन् ।विरोध र्याली नेपाली काँग्रेस रुकुम पश्चिमको पार्टी कार्यालयबाट सुरु भई सम्पुर्ण सदरमुकाम बजार परिक्रमा पछि बालमन्दिरम कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई नेपाली कांग्रेस जिल्ला सभापति प्रेम प्रकाश ओली लगायतले सरकार विभिन्न काण्डै काण्डमा मुछिदै गएको र संवैधानिक संकट निम्ताउन खोजेको आरोप लगाएका छन । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका नेताहरुको घेराबन्दीमा पर्दै गएको र उनले चालेका हरेक कदम सर्वसत्तावाद तर्फ उन्मुख भएको समेत आरोप लगाएका छन ।