२०८० फाल्गुन १८ गते शुक्रवार

सल्यानमा बोक्सीको आरोप लगाउने ३ जनालाई कैद सजाय



२९ मंसिर।
सल्यानमा एक बृद्धालाई बोक्सीको आरोप लगाउने ३ जनालाई कैद सजाय तोकिएको छ । शारदा नगरपालिका १ श्रीनगर निवासी ६० वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाउने २३ वर्षीया जयन्ती खड्का, २१ वर्षीया सरिता खड्का र २४ वर्षीया गीता खड्कालाई अदालतले कैद सजाय सुनाएको हो ।

जयन्ती खडकालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना, सरिता र गीतालाई तीन/तीन महिना कैद र जनही पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

गएको भदौ ५ गते श्रीनगरका ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा असोज १२ गते उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्