२९ मंसिर ।
रोल्पामा बालबिबाह गर्ने एक जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रुन्टिगढि गाउँपालिका २ का २० वर्षिय राजु बिक र त्रिबेणि गाउँपालिका २ कि १६ वर्षिय यामकुमारी बिकको जोडीलाई होलेरीबाट प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय होलेरिका प्रमुख, प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभएको छ ।
बिहेको गाडीलाई रोकेर सोधपुछ गर्दा बालबिबाह भन्ने थाहा पाएपछि उनिहरुलाई नियन्त्रणमा लिएको निरीक्षक खड्काले जानकारी दिनुभयो ।दुलाह कक्षा १२ मा र दुलही कक्षा १० मा अध्यनरत रहेको प्रहरीले बताएको छ ।
उक्त जोडीको बिहेमा केटीको उमेर २० बर्ष भन्दा कम भएकाले बालबिबाह भएको हुदा बिहे बदर हुने र दुबै पक्षको अभिभावकलाई बोलाइ जिम्मा लगाउने प्रहरीको भनाई छ ।
पछिल्लो समयमा रोल्पामा हुने बालबिबाह लाई रोक्न र न्यूनीकरण गर्न प्रहरीले अभियानकै रुपमा विभिन्न चेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ ।।