२०८१ चैत्र १० गते आइतवार

केपी गोकुुल र प्रचण्ड नारायणकाजीको बचाउमा छन: कांग्रेस नेता गिरी



२९ मंसिर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज दाङ सहित देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।नेपाली कांग्रेसले सरकारले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र सरकार त्यसको संरक्षणमा लागेको, कोरोना नियन्त्रणमा जिम्मेवार नदेखिएको, आफ्ना बरिष्ठ नेता रामचन्द्र पौडेल माथी दुव्र्यबहार गरेको र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता मुद्धा देखाएर विरोध प्रदर्शन गरेको हो ।

यता नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीमा विरोध प्रदर्शन र सभा भएको छ । पार्टी कार्यालयबाट सुरु भएको बिरोध ¥यालीले बजारका विभिन्न भागको परिक्रमा गर्दै घोराही चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य दीपक गिरीले सरकार भ्रष्टाचार र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै जनताले खबरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो ।
जनताको पक्षमा कामै गर्न नसकेको आरोप लगाउदै गिरीले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिनेउद्घोष गर्नुभयो ।

साथै सम्बोधनका क्रममा गिरीले अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको वचाउ गर्नलागेका र प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बास्कोटालाई बचाउन खोजेको आरोप लगाउनुुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्ब सभासद् शुसिला चौधरी, लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, नेता विमला नेपाली, भेषराज पाण्डे, कमानसिंह भारती लगाएतका नेताहरुले सभालाई सम्बोधन गर्दै स्थिर सरकार भए पनि जनताको अपेक्षाअनुरूप काम गर्न नसक्दा निराशा छाएको र प्रतिगामी शक्तिसमेत सल्बलाएको धारणा राखेका छन् ।

कांग्रेसका नेताहरुले लामो संघर्षबाट स्थापित गरेको उपलब्धीलाई सरकारले आफ्नो स्वार्थका रुपमा लिएको आरोप लगाएका छन् । पार्टीका जिल्ला सभापती किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको सभाको सहजिकरण सचिब शंकर डाँगीले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्