२९ मंसिर । दाङमा गुडिरहेको एउटा बसमा आगलागी भएको छ। तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बस आज बिहान करिब ५ः४५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा आगो लागेको हो। बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिए।
बसमा १२-१३ जना यात्रुहरू हुनुहुन्थ्यो,’ चालक चौधरीले भने ‘एकाएक आगो बलेपछि मैले सबै यात्रुलाई नआत्तिएर एक एक गरि झर्न सुझाए र कुनै मानविय क्षति भएन।’
दमकल समयमा नआउदा बस जलेर पुरौ ध्यस्त भएको चालक चौधरीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले पनि ब्याट्रीको वाइरिङबाट आगो सल्किएको बताए।‘कुनै मानविय क्षति भएको छैन,’ सिंहले भने ‘बसमा एकाएक आगो लागेपछि सावधानी पूर्वक सबै यात्रुहरू समयमै बाहिर निस्किन सफल भए छन्।’ बस अम्बिेकेश्वरी यातायात प्रालिको हो। केही दिन पहिले पनि काठमाडौंबाट दाङतर्फ आइरहेको बस कपिलवस्तुमा यसैगरी आगो लागेर ध्वस्त भएको थियो।