२०८१ असोज १९ गते शनिवार

सरकारको विरोधमा काँग्रेसले आज देशभर प्रदर्शन गर्दै



२९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारको विरोधमा देशभर प्रदर्शन गर्न लागेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, वरिष्ठ नेता रामचन्द्र पौडेल माथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताएका छन्।

शर्माले सरकार बने पछाडि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत हुने बताए। प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तत गरेको समेत बताए।

यसैबीच पार्टी सभापति शेरहादुर देउवाले आज एक वक्तव्य जारी गर्दै आजको प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको बताएका छन्। देउवाले सरकारप्रति जनताको वितृष्णा व्यापक रुपमा बढेकोले सडकमा उत्रन काँग्रेस बाध्य भएको उल्लेख गरेका छन्।

प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आउँदा पनि वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको र अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको देउवाको आरोप छ। ुयस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ। सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो,ु देउवाले थप लेखेका छन्, ुनेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो। अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नुछ।ु

त्यसैगरी देउवाले प्रदर्शनमा संयमता अपनाउन पनि आग्रह गरेका छन्। ुकोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु,ु उनको अपिल छ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्