२०८१ मङ्सिर २४ गते सोमवार

बाँकेमा फेरि बाघको आक्रमणः एक जनाको ज्यान गयो



file photo

२८ कात्तिक, घोराही –
नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुरुवाका लखन गडरियाको बाघले खाएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीका अनुसार शनिबार गाई चराउन जंगल गएका लखन फर्केर नआएपछि खोजतलास गर्दा गएराती जंगलमा शव फेला परेको हो ।

त्यस्तै शवको पिठ्यु भागमा बाघले खाएको छ भने घाटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ । त्यस जंगलमा बाघले एउटा गाईसमेत मारेको छ । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन् । नरैनापुरको पर्यटकस्थल गोवर्धन धामदेखि ५ किलोमिटर जति पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्